विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

आयोगले अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अख्तियारले गत माघ १० गते सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल र नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिललाई पक्राउ गरेको थियो ।