टीओआरमा ‘गोरखा मिडिया’ को नाम लेख्ने लगभग सहमति

टीओआरमा ‘गोरखा मिडिया’ को नाम लेख्ने लगभग सहमति


काठमाडौ । संसद्को डेढ लक अन्त्य गर्नेगरी छलफलको तयारीमा जुटेका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूबीच शनिबार पनि अन्तिम सहमति हुन सकेन। अपरान्ह सिंहदरबारमा बसेको संसदीय छानबिन समितिको टीओआर (कार्यादेश) कार्यदलको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भनिएका सहकारी संस्था र उनी आबद्ध गोरखा मिडियाको नाममा छानबिन गर्नेगरी छलफल भएको थियो। सोही छलफलबारे कार्यदलका सदस्यले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतलाई ब्रिफिङ गरे।

शनिबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने उपस्थित थिएनन्। देउवा बैठकमा नपुगेपछि भोलि (आइतबार) पहिलो चरणमा शीर्ष तीन नेताबीचको छलफल राखिएको छ।खबिहान ९ बजे सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पहिलो चरणमा छलफल तय भएको छ। खनेपाली कांग्रेसका सांसद् एवं कार्यदलका सदस्य जीवन परियारका अनुसार, सहमतिको खाका शीर्ष नेतृत्वको टेबुलमा पुगिसकेकाले आइतबार बिहान सहमति हुने सम्भावना छ।

बैठक औपचारिक रुपमा खासै सुरु हुन सकेन,’ उनले भने, ‘भोलि उहाँहरूको छलफलपछि बाँकी कुरा गर्ने भन्ने भएको छ।’खमलाई लाग्छ, शीर्ष नेताहरूको टेबुलमा गइसकेपछि एउटा निष्कर्ष आउँछ,’ परियारले थपे।खगृहमन्त्री लामिछानेसमेत सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसद्‌‌मा अवरोध सिर्जना गर्दै आइरहेको छ।