देउवा पक्षमा खुलेका सांसदलाई पदबाट हटाउने गगनको चेतावनी

देउवा पक्षमा खुलेका सांसदलाई पदबाट हटाउने गगनको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिलाई पदबाट हटाउने चेतावनी दिएको छ ।

सभापति गगन थापा नेतृत्वको कांग्रेसले देउवा पक्षमा खुलेका राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

सभापति थापाले कांग्रेस छाडेर नयाँ पार्टीमा जाने जनप्रतिनिधिले बहालवाला पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । राजीनामा नदिए विधानअनुसार सम्बन्धित निकायमा पत्राचार गरिने उनको चेतावनी छ ।

कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिको सूचीसमेत तयार पारेको छ । यद्यपि देउवा पक्षले आफूहरू कांग्रेसमै रहेको दाबी गर्दै अदालतमा विवाद विचाराधीन रहेकाले कारबाही गर्न नमिल्ने बताएको छ ।

देउवा पक्षमा खुलेका जनप्रतिनिधिको नामावली

प्रतिनिधि सभा

  • हरिनादेवी कामी
  • सुशीला ढकाल आचार्य

राष्ट्रिय सभा

  • कृष्णप्रसाद सिटौला
  • आनन्दप्रसाद ढुंगाना
  • जितजंग बस्नेत
  • कृष्णप्रसाद पौडेल
  • खम्मबहादुर खाती
  • जगत तिमिल्सिना
  • नारायणदत्त भट्ट

कोशी प्रदेश सभा

  • केदार कार्की
  • भूपेन्द्र राई
  • रामकुमार खत्री
  • इन्दिरा थापा
  • सुनिता गच्छदार
  • खगेश्वरी पौड्याल

बागमती प्रदेश सभा

  • विमल ठकुरी
  • दीपेन्द्र श्रेष्ठ
  • श्यामबहादुर खड्का
  • गोविन्द लम्साल
  • विनु रायमाझी
  • माया श्रेष्ठ
  • कञ्चनचन्द्र वादे
  • मसिना खड्का
  • उर्मिला नेपाल

गण्डकी प्रदेश सभा

  • जितबहादुर शेरचन
  • सरस्वती गुरुङ
  • दीपेन्द्रबहादुर थापा

लुम्बिनी प्रदेश सभा

  • सरोज थापा (रोज राणा)
  • माया पुन

सुदूरपश्चिम प्रदेश सभा

  • कमलबहादुर शाह
  • मेघराज खड्का
  • विक्रमसिंह धामी
  • सरस्वती खड्का
  • गीता चौधरी
  • प्रकाशबहादुर बम
  • डम्मरी महरा
  • शिवराज भट्ट
  • मधुदेवी भारती

मधेस र कर्णाली प्रदेशमा भने देउवा पक्षको महाधिवेशनमा सक्रिय कांग्रेस सांसद नरहेको बताइएको छ ।

तटस्थ रहेका सांसद

प्रतिनिधि सभा:

  • निनुकुमारी कर्ण
  • रीना उप्रेती

राष्ट्रिय सभा:

  • विष्णुदेवी पुडासैनी
  • चन्द्र केसी