जुटेन् सहमति प्रचण्ड –देउवा छलफलमा

जुटेन् सहमति प्रचण्ड –देउवा छलफलमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ । भेटवार्तापछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कुरा नमिलेको संकेत  गरे ।

आज एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा बिहान ९ बजे भेट्ने तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गरे । उनले बरु आफ्नै निवासमा भेट्न बोलाएका थिए । उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । ओली भने गएनन् ।

सुरुमा प्रचण्ड र देउवाको वान टु वान कुराकानी भएको थियो । त्यसपछि कांग्रेसका केही नेताहरु मिसिएका थिए । प्रचण्ड–देउवा भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निस्कर्षमा नपुगेको परियारले जानकारी दिए ।