बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन् ।

विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’

कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए । प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए ।

‘अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ’ वाग्लेले भने ।

अर्थमन्त्रीले तय गरेका मिसन मोडहरूमा डिटिलाइजेसन, ऊर्जा, पर्यटन, कृषि र हरित औद्योगीकरण रहेको उनले औंल्याए ।