कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौं । सरकारले ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।खफिर्ता हुनेमा इजरालयकी कान्ता रिजाल, साउदी अरवमा नवराज सुवेदी, कतारका नरेश ढकाल, मलेसियाका डिल्लीराम पौडेल, डेनमार्ककका रामस्वार्थ राय, स्पेनकी शर्मिला पराजुली, पोर्चुगलका शनिल नेपाल र दक्षिण कोरियाका डा ज्योती प्याकुरेल समेत छन् ।

फिर्ता भएकामा मलेसियाका पौडेल नेकपा एस र साउदीका सुवेदी बाबुराम भट्टराईको कोटाबाट नियुक्त भएका थिए