काठमाडौँ । रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भएको छ ।
नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।
प्रतिक्रिया