शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले भने- यो सरकार लामो जाँदैन

शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले भने- यो सरकार लामो जाँदैन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् ।चितवनमा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे ।उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’