आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड


मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंह काठमाडौँ, २३ पुसः नेपाल व्यावसायिक कलाकार सङ्घको ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस– २०८१ कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। तस्बिरः गोपाल दाहाल÷रासस

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकार सम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे । उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”