काठमाडौँ । नेकपा-एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्ले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर वाग्ले काँग्रेस प्रवेश गरेका हुन् ।
नेकपा विभाजनका बेला काँग्रेस छाडेर ‘प्रचण्ड’-माधव पक्षीय नेकपामा लागेका वाग्ले नेकपा एसको संस्थापक जिल्ला अध्यक्ष थिए ।
समाजवादी खेलकुद महासंघको कोसी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिव समेत रहेका वाग्ले उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया