माओवादीले अब कसैको बैसाखी टेक्दैन,एक्लै चुनाव लड्छ : ‘प्रचण्ड

माओवादीले अब कसैको बैसाखी टेक्दैन,एक्लै चुनाव लड्छ : ‘प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार बिहान दाङमा पत्रकारहरूसँग कुरा गर्दै अबका चुनाव एक्लै लड्ने बताएका हुन् ।

उनले अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको भन्दै त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘सर्वसम्मत रूपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको समीक्षा गरेर यस्तो निर्णय गरिएको हो ।’

आगामी सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने उनले बताए । प्रचण्डले अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको उनको भनाइ थियो ।