०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने काँग्रेस नेताहरूको प्रस्ताव

०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने काँग्रेस नेताहरूको प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् ।

‘डा.शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए ।

काँग्रेस संसदीय दलको बैठकमा स्थानीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि काँग्रेस नेताहरूले जोड दिएका छन् ।