देउवामा देउवाले भने-राजनीतिक रूपले अधिकार सम्पन्न भयौँ, अब आर्थिकमा पनि सबल हुनुपर्छ

देउवामा देउवाले भने-राजनीतिक रूपले अधिकार सम्पन्न भयौँ, अब आर्थिकमा पनि सबल हुनुपर्छ


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक रूपले अधिकार सम्पन्न भए पनि आर्थिक रूपले पनि सबल हुनु आवश्यक रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशन बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले यस्तो बताएका हुन्।

उनले विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक (आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकाले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताए। देउवाले एमाले र काँग्रेसबीचको सात बुँदे सहमति कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउँदै यो सहमति कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। देउवाले भने, ‘विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक र आर्थिक क्षेत्र नकारात्मक प्रभाव परेकाले यो सरकार गठन भएको हो। सरकारको उद्देश्य मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने नै हो।’

उनले सबै विधेयकहरू संसदबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारले यो अवधिमा गरेका कामहरू महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा पनि परिणाममुखी काम हुनेमा विश्वास व्यक्त गरे।

देशको आर्थिक अवस्था सुदृढ हुन नसकेको बताउँदै उनले आर्थिक अवस्था उकास्न जरुरी रहेको बताए। भने, ‘परिणामस्वरूप विकास र समृद्धिका यात्रा जनताको चाहनाअनुसार अघि बढ्न सकेको छैन। यसका कारण आर्थिक अवस्था उकास्न जरुरी छ।’

सरकारले व्यवसायीक वातावरण प्रवर्द्धन गर्नका लागि ध्यादेशबाट केही कानुन ल्याएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा उनले विश्वास व्यक्त गरे।