कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति मृत भेटिए

कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति मृत भेटिए


काठमाडौँ। कञ्चनपुरमा नेपाली काँग्रेस नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनीको शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को मामा भान्जा चोक नजिकै घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कलौनीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।