काँग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काँग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडा प्रमुख रहेको विभाग सदस्यमा १० जनालाई मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ) ज्ञानबहादुर शाही (जाजरकोट) देवकीदेवी सिंह (डडेल्धुरा) कल्पना श्रेष्ठ (भक्तपुर) श्यामकृष्ण महर्जन (काठमाडौँ) सरिता बिसी (रुकुम पूर्व) विजयजंग बस्नेत (मोरङ) प्रेमबहादुर विक (नवलपरासी) सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेका छन् ।