मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि, रक्षाका लागि आगामी दिनमा समान रणनीति बनाएर जाने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।
यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र व्रज किशोर सिंह र जनता प्रगतिशील पार्टीबाट शिवजी यादव पनि बैठकमा सहभागी हुँदैछन् ।
प्रतिक्रिया