काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको बताएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरे । अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको अध्यक्ष प्रचण्डको दाबी छ । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनु पर्ने उनले बताए । विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया