काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेताहरूले मञ्चमा सवालजवाफका रूपमा दोहोरी गर्न नहुने बताएका छन्।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र पार्टी गण्डकी प्रदेशको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उपसभापति खड्काले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन्।
उनले २०८१, ०८२ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आमचुनावमा एक्लै बहुमत आउने पनि बताए।
‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौँदेखिको अन्तरघात अपराधले रोक्छ।’
अन्तरघात काँग्रेसको महारोग भएको उनको भनाइ छ। गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा अन्तरघातकै कारण पार्टी उम्मेदवार हारेको खड्काको भनाइ छ।
प्रतिक्रिया