राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा १० को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-४ निवास वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
गत पुस २७ गते नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्यमा खड्कालाई सिफारिस गरेको थियो। संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया