काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ तथा प्रभावशाली नेता डा शेखर कोइरालाले काँग्रेसको सभापतिका लागी १५औ महाधिबेशनमा एक पटक निर्वाचनमा उठ्ने बताउनुभएको छ । विकासटाइम्स डटकमको जिज्ञाशामा उहाँले पार्टीका नेता तथा अगुवा कार्यक्रर्तासंगको परामर्शमा नै आफुले उठ्ने तयारी गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो “मैले मेरा नेता कार्यकर्तालाई पनि भनिसकेको छु र यसअघि पनि भनिरहेको छु, म अब एकपटक उठ्छु भनेर ।” कांग्रेसको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम पोखरामा जारी रहेको बेला डा कोइरालाको अनुपस्थितिलाईप्रश्न गर्दा उहाँ भन्नुभयो- पार्टीले नै नखोजेपछि जाने कुरा भएन । मलाई जानकारी नै छैन, निम्ता नै छैन कसरी जानु ?
सातै प्रदेशका सभापति, उपसभापति र ७७ वटै जिल्लाका सभापति उपसभापतिहरूका आयोजित यो अभिमुखीकरण कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारी पुगेका छन् । तर डा कोइरालालाई किन निम्तो भएन भन्ने बिषयमा अधिकाँश सहभागीहरुले आयोजकसंग जित्राशा राखेको सहभागी नेताहरुले बताएका छन् । कोइरालाको पोखराको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिएका छन् । तपाईलाई निम्ता नगर्नुको कारण के होला भन्ने जिज्ञाशामा उहाँले भन्नुभयो “पार्टी र केन्द्रीय पदाधिकारीहरूले मलाई बोलाउन चाहनु भएन होला । किन बोलाइएन भनेर मलाई प्रश्न गर्नुभन्दा पनि आयोजक तथा पदाधिकारीलाई सोध्नुस न”
यसअघि कोशीमा भेला बहिस्कार गर्नुभयो स्मरण गराउदा उहाँले भन्नुभयो”कोशीको सन्दर्भमा अर्कै कारण थियो, पोखराको अर्कै विषय हो । कोशीमा केन्द्रीय कार्यालयले नै गरेको परिपत्रका कारण नगएको हुँ । त्यो परिपत्र राम्रो थिएन, अपमान गर्ने खालको थियो । ”
उहाँले आफु पार्टीलाई एक ढिक्का बनाएर लैजाने अभियानमा जेटेको समरण गराउदै पदाधिकारीले नै मलाई टाढा–टाढा पार्न खोज्दैमा केहि नहुने बताउनुभयो । डा कोइराला पार्टमा सबैलाई न्याय हुने र सबैले गर्व गर्न लायक काँग्रेस बनाउन सबै लाग्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया