रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।

यसअघि पोखरा, काठमाडौँ र बुटवलमा धरौटीमा रिहा भएका लामिछानेलाई चितवनमा साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ । 

मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लामिछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।