जसपा नेपालले भन्यो-अध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ

जसपा नेपालले भन्यो-अध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक-फरक हुन सक्ने बताएका छन् ।

राज किशोरकै नेतृत्वमा जसपाले अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको छ । बुधबारको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक-फरक हुन सक्ने बताएका हुन् ।

अध्यादेशको विषयको आधारमा धारणा बन्न सक्ने उल्लेख गर्दै उनले यो विषयमा संसदीय दलले निर्णय गर्ने बताए ।

उनका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकबाट अध्यादेशबारे के गर्ने निर्णय लिने जसपा नेपालको तयारी छ ।

संसदीय दलको बैठकमा राज किशोरको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन समेत प्रस्तुत गर्नेछ । उक्त प्रतिवेदन समेतका आधारमा निर्णय लिने जसपाको तयारी छ ।