आफूले सम्बोधन गर्दा संसदमा प्रधानमन्त्री नआएको ‘प्रचण्ड’को गुनासो

आफूले सम्बोधन गर्दा संसदमा प्रधानमन्त्री नआएको ‘प्रचण्ड’को गुनासो


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो पोखेका छन् ।

विपक्षी दलको नेताको हैसियतमा संसदमा सम्बोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका थिए । उनले भने, ‘मैले बोल्दा प्रधानमन्त्री ज्यू आउनुभएन तर पनि मैले संसद्मा बोलेको कुरा सुन्नुुहुन्नछ भन्ने मलाई विश्वास लागेको छ ।’ उनले थपे, ‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रूपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन ।’

अहिले संसदमा उनले सम्बोधन गरिरहेका छन् ।