नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो


काठमाडौं । महिला त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो ।

नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । यता थाइल्याण्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । आजको खेलमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा रहेका छन्