वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने दुई जना धरौटीमा रिहा

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने दुई जना धरौटीमा रिहा


काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक-एक लाख धरौटीमा छाड्न आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । एक जनालाई कारागार चलान गरिएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भएकी ५५ वर्षीया सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् भने अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका-४ घर भएका ३२ वर्षीय महानन्द जैसी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।