सुदूरपश्चिम । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।
आज धनगढीमा आयोजित नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी संगठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।
काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सय दिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषा भाषीका लागि काँग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखिन् । उनले काँग्रेसकै नेतृत्वमा कमैया प्रथा र दास प्रथाको उन्मूलन भएको इतिहास स्मरण गरिन् । उनले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्यकर्तालाई आग्रह गरिन् ।
प्रतिक्रिया