काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् ।
पार्टीको गतिविधिहरूबारेमा जानकारी गराएपछि एक नेताले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुनेबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले ‘केपी ओली भइन्जेल केही हुन्न,बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ’ भनेको एक नेताले बताएका छन् ।
प्रतिक्रिया