राजा ज्ञानेन्द्र शाहलाई सत्ता फर्किने इच्छा भए आमचुनाव लड्न चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई सत्तामा फर्किने मन भए ०८४ को आमचुनाव लड्ने हिम्मत गर्न चुनौती दिएकी हुन् ।
“सत्तामा फर्किने मन भए ०८४ मा निर्वाचन हुँदै छ, हिम्मत भए त्यसमा भाग लिए हुन्छ” उनले भनिन् । सांसद न्यौपानेले कसैको कृपाले नभई सत्तामा फर्किने इच्छा भए चुनाव लड्नुपर्ने बताइन् । ” सत्तामा फर्किन टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको चुनावमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन् ।
प्रतिक्रिया