काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत् महसुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरे ।
उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुख ज्यु ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?’
यस्तै बैठकमा उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिइओ विमल गुरुङमाथि कारबाही गरिएको बताए ।
प्रतिक्रिया