रुपन्देही । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले २०८२ भित्रै पार्टिको १५ औं महाधिबेशन सम्पन्न गर्नु पर्नेमा जोड दिनु भएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को आयोजनामा भैरहवामा हुने कार्यक्रमलाई सम्बोधनका लागि आज भैरहवा आउनु भएका नेता कोईरालाले गौतमबुद्ध बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ८२ भित्रै महाधिबेशन गर्नु पर्नेमा जोड दिनुभएको हो ।
नेता कोईरालाले महाधिबेशन पुर्व गर्नु पर्ने सदस्यता नविकरण, नयाँ क्रियासिल सदस्यता बितरण लगाएतका काममा भएको ढिलाई प्रति चिन्ता व्यक्त गर्नुभयो ।
नेता कोईरालाले ८२ भित्र पार्टिको महाधिबेशन सकेर ८४ को आम निर्वाचनमा एकताबद्ध भएर नेपाली कांग्रेसलाई बिजयी बनाउने गरी अगाडि बढ्नु पर्नेमा बताउनु भयो । १५ औं महाधिबेशनका लागि आफु पार्टि सभापतिको उम्मेदवार रहेको बताउदै त्यही अनुरुप अगाडि बढेको बताउनु भयो ।
उहाँले एक फरक प्रसङगमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउन भएको छ । बर्तमान सरकारलाई असफल हुने छुट पनि नभएको भन्दै एमालेसंग सहकार्य गरेर काम गर्नु पर्ने बताउनु भयो ।
सो अबसरमा पार्टिका नेता तथा कार्यकर्ताले तोकिएको समयभित्रै १५ औं महाधिबेशन सम्पन्न गर्न दवाव स्वरुप १५ किलोको माला समेत लगाईदिएका थिए ।
प्रतिक्रिया