कांग्रेस नेता बालकृष्ण खाँण गृहनगरमै गरे डाक्टरलाई नछोड्ने घोषणा

कांग्रेस नेता बालकृष्ण खाँण गृहनगरमै गरे डाक्टरलाई नछोड्ने घोषणा


रुपन्देही । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामा पृय पात्र मानिने बालकृष्ण खाँडले पार्टी संस्थापन समूहको साथ छाड्ने प्रष्ट संकेत गरेका छन् । लामो समय देउवाको साथमा रहेका उनी केही समययता असन्तुष्ट रहँदै आएका थिए । खासगरी भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला उनले देउवाको साथ नपाएको विषय बाहिर आएको थियो ।उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताहरु भन्दा इतर पक्षका नेताहरुसँग सम्बन्ध बढाउँदै लगेको थिए ।

उनी जेलमा रहँदा पनि इतर समूहका नेता डा। शेखर कोइरालले सहयोग गरेको र अन्य नेताहरुले पनि साथ दिएको तर संस्थापन समूहका नेताहरुले खुलेर साथ नदिएको विषय खाँण निकट नेताहरुले बताइरहेका थिए । आइतबार नेता खाँडको गृहनगर रुपन्देहीको तिलोत्तमामा नेपाली काँग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा डा शेखर कोइराला र डा मिनेन्द्र रिजाललाई सँगै राखेर अब कहिल्यै साथ नछाड्ने घोषणा गरेका हुन् । यो कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले खाँडको प्रष्ट रुपमा देउवाको साथ छाडेको संकेत गरेको बताएका छन् ।

नेता खाँणले घुमाउरो पारामा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताउँदै शेखर कोइरालातर्फ संकेत गरेका थिए । उनले अबका दिनमा दुवै डाक्टरहरुलाई साथ दिने बताए । ‘जसले देश चलाउनसक्छ, जसले पार्टी चलाउन सक्छ उसैलाई साथ दिने हो, त्यो अब डक्टरहरुले गर्नुहुन्छ, पढेर डाक्टर हुन सकिएन डाक्टर बनेकाहरुको साथमा रहिन्छ’ उनले भनेका छन् । उनले नेपाली कांग्रेसमा कृष्ण कोइरालाको योगदानलाई सम्झेर पनि त्यो लिगेसीको आधारमा शेखरलाई अघि सार्नुपर्ने भूमिका बाँधेका थिए ।

कांग्रेस सूचना तथा सञ्चार विभाग लुम्बिनीका संयोजक कमला पाण्डेले नेता खाँडले दुवै डक्टरलाई साथ दिन सकिेने बताएको तर संस्थापन पक्ष नै छाडेको भनेर घोषणा भने नगरेको जानकारी दिइन् । ‘विश्लेषण त आफ्नै तरिकाले गर्ने हो, उहाँले दुवै डाक्टरलाई साथमा राखेर आफूले पढेर डाक्टर नभएपनि अब डाक्टरको साथ नछाड्ने भन्नुभएको हो’ उनले भनिन् । नेता खाँणसँग असन्तुष्ट पक्षले भने सभापति देउवाले बनाएको विभागमा बसेर उही समूहविरुद्ध नै गतिविधि गरेको आरोप लगाएका छन् ।