काठमाडौं । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले आज (मंगलबार) नयाँ नेतृत्व चयन गर्दैछ । पार्टीको विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको छ भने आज नयाँ नेतृत्व चयन हुने छ।महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको बताइएको छ ।
महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् । अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेंलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
प्रतिक्रिया