काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भने ।
सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्याउने बताए ।
यसअनुकुलको नीति नेपालले अवलम्बन गर्दै आएको बताए ।
‘संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ’ उनले भने ।
प्रतिक्रिया