काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्म समीक्षा गर्दै क्षमा याचना गरेका छन् ।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधित्व गरेको नेपाली काँग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गरे । मेरा विचारले “सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु”, सांसद घिमिरेले भने ।
प्रतिक्रिया