कुलमान हटाएकोमा शेखरको टिप्पणी- विनाशकाले विपरित बुद्धि !

कुलमान हटाएकोमा शेखरको टिप्पणी- विनाशकाले विपरित बुद्धि !


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकार र पार्टीले कहिल्लै गर्न नसक्ने बताउदै कांग्रेसले यसको स्वामित्व लिन नहुने बताएका छन् ।

उनले विनाशकाले विपरित बुद्धि भन्दै यसरी कतिदिन चल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

सरकारको कुशासनको निरन्तरताको अर्को कडी, कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।