काठमाडौं – नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई नौं विकेटले हराएको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो ।
अस्ती आइतबारको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रतिक्रिया