एनपिएलको मिनी अक्सन सुरु

एनपिएलको मिनी अक्सन सुरु


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सन सुरु भएको छ ।

काठमाडौंस्थित तुलिप होटलमा सुरु भएको अक्सनबाट ३८ खेलाडी बिक्री हुनेछन् । ४५८ खेलाडीबाट अक्सनका लागि क्यानले १६४ खेलाडी छानेको छ । यस अघि क्यानले १५० खेलाडीको सूचीमा सार्वजनिक गरेको थियो ।

क्यानले ८ टिम सहभागी लिग नोभेम्बरमा गर्ने तयारी गरेको छ ।