आईसीसी टी-२० विश्वकप छनोट : कतारमाथि नेपालको रोमाञ्चक जित

आईसीसी टी-२० विश्वकप छनोट : कतारमाथि नेपालको रोमाञ्चक जित


काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

यो जितले सुपर सिक्समा नेपालको ६ अंक भएको छ।  यससँगै नेपाल विश्वकपनजिक पुगेको छ।

विश्वकप छनोटका सबै खेलमा नेपाल विजयी हुँदै आएको छ। अब सुपर सिक्समा ओमान र सामोआविरुद्ध दुई खेल बाँकी छ।