राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्।

गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पूरा नहुँदै राजीनामा दिएका हुन्।