समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान


काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह निर्वाचन आयोगले प्रदान गरेको हो ।

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन १०० दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुई भन्दा बढी दलले एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिन्ह प्रदान गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन चिन्ह :