काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनबाट पदाधिकारीमा केपी शर्मा ओलीको टिम बहुमतसहित निर्वाचित भएको छ। अध्यक्ष र महासचिव एउटा मात्रै तर महत्वपूर्ण पदमा ओली र महासचिव शंकर पोखरेल विजयी बनेका छन्।
उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक ईश्वर पोखरेल प्यानलका सबै पदाधिकारी पराजित भए।
पदाधिकारी १९मध्ये अध्यक्ष ओलीले आफ्ना प्रतिष्पर्धी पोखरेललाई ९९९ मतको फराकिलो अन्तरले विजयी भएका छन्। तर महासचिवमा ओली प्यानलका उम्मेदवार शंकर पोखरेलले भने २२९ मत मात्रको अन्तरमा विजयी भए।
ंशंकरले कुल खसेको मतमध्ये १२२८ मत मात्र प्राप्त गरे भने उनका प्रतिष्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे।
अध्यक्षमा ओलीले ७५ प्रतिशत मत ल्याउँदा उनका प्रतिस्पर्धी पोखरेलले २५ प्रतिशत मात्र मत पाए। तर महासचिवमा निर्वाचित पोखरेलले ५५ प्रतिशत अर्थात १२२८ मत मात्र ल्याए।
महासचिवका प्रतिष्पर्धी पाण्डेले भने ४५ प्रतिशत अर्थात ९९९ मत ल्याएका थिए।

प्रतिक्रिया