सांसद न्यौपानेको प्रधानमन्त्रीलाई प्रश्नः कुर्सी खालि राखेर कुटनीति बलियो हुन्छ

सांसद न्यौपानेको प्रधानमन्त्रीलाई प्रश्नः कुर्सी खालि राखेर कुटनीति बलियो हुन्छ


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले राजदुत नियुक्तिमा ढिलाई भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले राजदूतको कुर्सी खालि राखेर कुटनीति बलियो हुन नसक्ने बताए ।
उनले प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको भएपनि अमेरिकामै नेपालको राजदूत नरहनु विडम्बनापूर्ण भएको बताए । रिक्त रहेको कुटनीतिक नियोगलाई नेतृत्वविहीन नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।