दाङ पुगेका कांग्रेसका शीर्ष नेतालाई अन्तर्घात गर्नेलाई कारबाहीको दबाब

दाङ पुगेका कांग्रेसका शीर्ष नेतालाई अन्तर्घात गर्नेलाई कारबाहीको दबाब


दाङ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङको भालुवाङमा सुरू भएको छ । भालुवाङस्थित होटल पौवामा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री योगेन्द्र चौधरी, डिला संग्रौला लगायत केन्द्रीय नेताहरू सहभागी छन् । कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमिति, १२ वटै जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरूको उपस्थिति रहेको छ ।

प्रदेश सभापति अमरसिंह पुनका अनुसार कार्यक्रममा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै ‘अबको कांग्रेस’ विषयक अन्तरसंवाद पनि गरिने छ ।निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै कांग्रेसले कपिलवस्तु, पाल्पा, नवलपरासी लगायतका जिल्लामा दर्जनौं नेताहरूमाथि कारबाही गरिसकेको छ । कार्यक्रममा सहभागी उम्मेदवारहरूले निर्वाचन पराजयका लागि आन्तरिक तथा बाह्य दुवै कारण रहेको औंल्याएका छन् । उनीहरूले अन्तरघात गर्नेहरूमाथि कडा कारबाही गर्न माग पनि गरेका छन् ।