बालेनले मधेशको ताकत देखाइदिएः सीके राउत

बालेनले मधेशको ताकत देखाइदिएः सीके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई समग्र देश, युवा वर्ग र विशेषगरी मधेशका लागि गौरवको क्षणका रूपमा व्याख्या गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले राजनीतिक विचार, असहमति र दल आ–आफ्नो ठाउँमा रहे पनि प्रधानमन्त्री शाहको नेतृत्वप्रति सम्पूर्ण मधेश गौरवान्वित रहेको बताएका हुन् ।

पौने तीन सय वर्षको इतिहासमा मधेशी समुदायलाई शासनको बागडोरबाट निषेध गरिएको उल्लेख गर्दै उनले त्यसलाई भताभुङ्ग पार्दै बालेन प्रधानमन्त्री बन्नु नै पहिलो गौरवको विषय भएको बताएका छन् ।

विगतमा निर्णयको तहमा नपुग्दा अन्तर्राष्ट्रिय शक्तिहरूले समेत मधेशलाई उपेक्षा गर्ने र केवल एउटा कार्डका रूपमा मात्र प्रयोग गर्ने गरेको राउतको विश्लेषण छ।

तर, अहिले मधेशकै प्रधानमन्त्रीसँग विश्वका शक्ति राष्ट्रहरू उभिनुपर्ने अवस्था सिर्जना भएको र यसले विश्व राजनीतिमा मधेशको ढोका खोल्दै आत्मविश्वास दिलाएको भन्दै उनले प्रधानमन्त्री शाहलाई धन्यवाद समेत व्यक्त गरे ।