काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा प्रतीकात्मक शैलीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आगामी वर्षलाई ूविकृति सुधार्ने वर्षू का रूपमा चित्रण गरेका हुन् ।सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस वर्षलाई समाज र राजनीतिमा गढेका पुराना समस्या वा ‘खीलु ‘उखेल्ने समयको रूपमा व्याख्या गरेका छन् ।
लामिछानेले लेखेका छन्,“खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। नयाँ वर्षको शुभकामना१” उनको यो भनाइले वर्षौँदेखि जकडिएका बेथितिहरूलाई जरैदेखि उखेल्दा केही कठिन परिस्थिति सृजना हुने संकेत गरेको छ। नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तित्वहरूले पनि यसअघि नै शुभकामना सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया