कांग्रेस विवादमा बहस सकियो, आजै आदेश आउने

कांग्रेस विवादमा बहस सकियो, आजै आदेश आउने


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएर आज सकिएको हो ।

आज शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका थिए । बहस सकिएकोले आजै निर्णय आउन सक्ने सम्भावना छ ।

गत पुसमा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो ।

थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।