काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठक आज बस्दै छ । सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षीय नेताहरूको यो बैठक बोलाइएको हो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्ने बैठकमा अदालतको फैसलापछि पार्टी कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने भएको छ । कांग्रेस नेता प्रकाशशरण महतका अनुसार बैठकमा फैसलालाई स्वीकार गर्दै १५ औं महाधिवेशनमा जाने वा अस्वीकार गर्ने विषयमा मतभिन्नता रहेको देउवा पक्षमा मिश्रित धारणा रहेको छ ।

प्रतिक्रिया