कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले क्रियाशिल सदस्यता नविकरण गर्ने

कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले क्रियाशिल सदस्यता नविकरण गर्ने

अनलाइन मार्फत नै नवीकरण गर्ने व्यवस्था मिलाउन अनुरोध


काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालले आफुले क्रियाशिल सदस्यता नविकरण गर्ने बताउनुभएको छ। विकासटाइम्सको जिज्ञाशामा उहाँले आफु काँग्रेस भएको स्मरण गराउदैे पार्टीले गरेको निर्णय अनुसार नै वडामा नै नकिरण गर्न जाने बताउनुभयो । उहाँले भन्नुभयो- “म काँग्रेस हूँ अदालतले आधिकारीता प्रदान गरेको सभापति र उहाँको निर्णय अनुसार क्रियाशिल सदस्यता वडामा नै गएर नविकरण गर्छु ।”

उहाँले विशेष महाधिवेशन र नियमित महाधिवेशन दुवै पक्षलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्ने पक्षमा आफ्नो अडान रहेकोले सोही अनुसार निर्वाचन लडेको स्पष्ट पार्नुभयो।  उहाँले विशेष महाधिवेशनका बाट निर्वाचित सभापतिका रूपमा गगन थापालाई यसअघि पनि स्वीकार गरेको स्पष्ट पार्दै अगाडी भन्नुभो -“मैले पहिला विशेष महाधिवेशनबाट निर्वाचित सभापति स्वीकार गरेको र अहिले अदालतले आधिकारिकता प्रदान गरेपछि उहाँहरुको निर्णय अनुसार सदस्यता नवीकरण गर्न गर्छू ।”

वैशाख ९ गते विराटनगरमा कांग्रेसले आयोजना गर्ने निर्वाचनको समीक्षा बैठकमा आफू सहभागी हुने जानकारी दिँदै उहाँले भन्नुभयो-“निर्वाचन लडेको उम्मेदवार भएकाले म समिक्षा बैठकमा सहभागी हुन्छू ।”

आफु सदस्यता नवीकरण गर्न वार्डमै जाने जानकारी दिदै उहाँले भन्नुभयो – “यो अत्यन्तै बोझिलो र अहिलेको युगमा सुहाउँदो नभएका कारण सदस्यता नवीकरणपछि मैले यो सदस्यता अनलाइन मार्फत नै नवीकरण गर्ने व्यवस्था मिलाउन अनुरोध समेत गर्नेछु।”

अदालतको फैसलापछि पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने विषयमा अग्रसरता गगन थापा पक्षधर लिनुपर्ने हो ? भन्ने हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो- “अग्रसरता लिनुपर्छ भनेर माग्ने अधिकार मसँग कहाँ रह्यो र? त्यो उहाँहरूको विवेकमा भर पर्ने कुरा हो त्यो निर्णय के हुन्छ रुचिपूर्वक पर्खेर हेर्ने हो।”