मधेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त


जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई प्रदेश प्रमुखको कार्यालयमा बोलाएर मुख्यमन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्रीमा नियुक्त यादवले अब संविधानबमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री नियुक्त भएपछि यादवले सात दिनभित्र विश्वासको मत लिने बताएका थिए । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि कांग्रेसका मुख्यमन्त्री कृष्ण यादवले राजीनामा दिएका थिए ।