काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गर्दै नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाएका छन् । यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ ।
सूचनामा भनिएको छ, “अवैध रुपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ ।”
प्रशासनले आवश्यक सहयोग गर्नसमेत भएको छ ।


प्रतिक्रिया